२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भारतीय दादागिरीविरूद्ध बालेनको तीन दिने अल्टिमेट, गलत कुरा नसच्चिए भारतीय फिल्म चल्न नदिने

३२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले भारतीय चलचित्रमा नेपाली चेली जानकीका बारेमा राखिएको झुटो कुरा नसच्चिए काठमाडौँ महानगरभित्रका कुनै पनि हलमा उक्त चलचित्र चल्न नदिने घोषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत मेयर शाहले यस्तो घोषणा गरेका हुन ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा  ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द प्रयोग भएको भन्दै प्रमुख शाहले आपत्ति जनाएका छन । उनले जानकी नेपाली छोरी भएकाले उक्त चलचित्रले नेपालमात्र होइन भारतमा पनि उक्त आपत्तिजनक र झुटोकुरा नहटाए चलचित्र प्रदर्शन गर्न नदिने बताएका छन ।

प्रमुख शाहले उक्त चलचित्रको आपत्तिजनक शब्द हटाउनका लागि तीन दिनको अल्टिमेटमै दिएका छन । शाहको उक्त अल्टिमेटम सामाजिक सञ्जाल फेसबुकमा ३६ हजार जनाले सेयर गरेका छन भने ५६ हजार जनाले कमेन्ट गरेका छन । त्यस्तै २ लाख ५८ हजारले रियाक्ट गरेका छन ।

उनले भनेका छन ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

प्रकाशित मिति : June 15, 2023 at 11:09 pm