नेपाल र भारतबीचको समझदारीले नेपालको समग्र अर्थतन्त्रमा ठूलो महत्व राख्छः अध्यक्ष ढकाल
३२ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको समझ्दारीले नेपालका समग्र अर्थतन्त्रमा नै ठूलो महत्व राखेको बताएका छन् ।
बिहीबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को २१औं साधारणसभामा अध्यक्ष ढकालले प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्पादन भएको विजुली भारत भएर बङ्गलादेश जाने बाटो बनेको उल्लेख गर्दै निजी क्षेत्रको लागि र उर्जा उत्पादनसँग सम्बन्धित व्यवसायीको मात्रै नभएर नेपालका समग्र अर्थतन्त्रमा महत्व राख्ने बताए ।
उनले भने, अहिले करिब ७ हजार जति मेघावाट निमार्ण कार्यमा गएको भन्ने बुझिन्छ । प्रधानमन्त्रीको भारत भ्रमणमा हाम्रो जुन समझ्दारी बढ्यो र सँगसँगै हामीमा उत्पादन भएको विजुली भारत भएर बङ्गलादेश जाने बाटो बनेको छ । त्यो निजीक्षेत्रको लागि र उर्जा उत्पादनसँग सम्बन्धित व्यवसायीको मात्रै नभएर नेपालका समग्र अर्थतन्त्रमा नै यसले धेरै ठूलो महत्व राख्छ । ’
उनले पूर्वाधारको विकास,प्रशारण लाइनको व्यवस्थार नीतिगत कुराहरु पनि तुरुन्तै व्यवस्था गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जा क्षेत्र देशको अर्थतन्त्रको मुख्य आधारका रुपमा विकास हुदैँ गएको भन्दै उर्जा क्षेत्रको विकासमा यस संस्थाले पुर्याएको भूमिका महत्वपूर्ण भएको बताए ।
उनले भने, ऊर्जा क्षेत्र नेपालको अर्थतन्त्रमा मुख्य आधारको रुपमा विकास हुदै गएको स्मरण गरेको छु । साथै ऊर्जा क्षेत्रको विकास र ऊर्जा उत्पादनमा पुर्याएको यस संस्थाको विशेष भुमिकाको स्मरण गर्दछु । ऊर्जा क्षेत्रमा निजी क्षेत्रबाट प्रभावित लगानीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निवार्ह गरेको छ । ऊर्जाको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र नेपालको वैदेशिक व्यापार सन्तुलनमा इप्पानको लागि लगानी तथा कार्य सम्पादनको भूमिका महत्तवपूर्ण रहेको सर्वविधितै छ ।
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १६:२६