२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रयाप्त छलफल नहुदाँ बजेट निर्माण गर्दा त्रुटि देखियोः अध्यक्ष राउत

३१ जेठ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुदाँ धेरै त्रुटि देखिएको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतकाे पूर्वाधार विकास समितिको बैठकमा उनले भने,‘बजेट बनाउँनु भन्दा अगाडी नै छलफल भएको भए आज बजेटमा जुन त्रुटी देखीएको छ । त्यो देखिने थिएन् ।’

उनले सबै जिल्लामा समान रुपले बजेट नआएको भन्दै असन्तुष्टि पोखे । बजेट बारे सम्बन्धित मन्त्रालयले अध्ययन गरेर निर्देशन दिन सम्बन्धित मन्त्रालय चुकेको उनको भनाई छ ।

‘जनताले बजेटमाथि विभिन्न प्रतिक्रिया दिईसके, तर हामी समिति भएर पनि दिन सकेको छैनौं । कसरी विभेदभईरहेको छ ,केके त्रुटि छ भनेर । सबै जिल्लामा समान बजेट छैन् ।त्यो हामीले अध्ययन गरेर सम्बन्धित मन्त्रालयले निर्देशन दिनुपथ्र्यो । त्यो कुरामा हामी पछाडी परीसकेका छौं।’ उनले भने, ‘चारैतिर बजेटको कार्यक्रममाथि सुधारका कार्यक्रम र प्रतिक्रिया राखेर बैठक बसौं ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १४:३९