१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाको सचिवालय बैठक अाज दिउँसो, सरकारको समिक्षा हुँदै

५ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक अाज दिउँसो पुनः बस्दै छ । अाइतबारबाट जारी बैठकमा सरकारको कामलार्इ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने जनाइएको छ । मन्त्रीहरूको हेरफेरको विषयले समेत प्रवेश पाउने बताइएको छ ।

यसअघि अाइतबार बसेको बैठकले वामदेवको नाममा उपचुनावमा नजाने निर्णय गरेको थियो । अाइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले उपचुनावमा जाने विषयको बहसकै अन्त्य गरेको सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिएका छन ।

उनले काठमाडाैँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरको राजिनामाको विषयसमेत ड्रप गरिएको जानकारी दिएका छन । मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ । राजीनामा स्वीकृत नभएपछि अब वामदेव गौतमले काठमाडौं ७ र अन्य स्ठानबाट पनि तत्कालका लागि चुनाव नलड्ने निश्चित भएको छ ।

आइतबार बसेको बैठकमा पार्टी एकीकरण प्रक्रियालाई हरहालतमा चाँडो टुंगो लगाउने, नेतृत्वको वीचमा आशंका हैन, सुदृढ एकता कायम गर्ने र सरकारलाई पनि सफल बनाउन सबैले एकतावद्ध भएर लाग्ने निश्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार ०७:५७