अर्थमन्त्री नो म्यान हुनैपर्छः अर्थमन्त्री डा. महत
२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताएका छन् । सबै कुरा एस एस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाई थियो । आ.व. २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं । एस एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’
बजेटको आकार चालु वर्षको भन्दा २।४० प्रतिशतले माइनस रहेको समेत उनले बताए ।
प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १५:०२