१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाको सचिवालय बैठक अाज, मन्त्री फेर्नेदेखि माधव नेपालको असन्तुष्टिसम्म एजेण्डा

४ कात्तिक, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अाज बस्दै छ । दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तयारी गरिएको छ । यसअघि असोज २७ गते बस्ने भनिएको नेकपा सचिवालयको बैठक दशैं अगाडि बस्न सकेन । अाजको बैठकमा मन्त्री  परिवर्तनदेखि माधव नेपालको असन्तुष्टि समेतका विषयमा छलफल हुने जनाइएको छ ।

यो बीचमा काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलार्इ राजिनमा गराएर चोरबाटोबाट संसद प्रवेशका निम्ति सचिवालय सदस्य वामदेव गाैतमले गरेका गतिबिधिको समेत समिक्षा हुने जनाइएको छ । स्रोतका अुनसार मन्त्रीहरूको मूल्यांकनको प्रतिवेदन पेश गरेर हेरफेरको निर्णय लिइने सम्भावना छ । मन्त्री फेरिने चर्चासँगै कोको मन्त्री बाहिरिएलान् भन्ने  चासो सबैमा बढेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा युवराज खतिवडा, पर्यटनमन्त्री रविन्द्र अधिकारी, सामान्य प्रशासनमन्त्री लालबाबु यादव, अापूर्तिमन्त्री मात्रिका यादव लगायतलार्इ सरकारबाट बिदा दिने तयारी रहेको छ । पूर्वमाओवादीका नेताहरु चाहिँ अर्थमन्त्री युवारज खतिवडालाई पनि हटाउनुपर्ने लाइनमा रहेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार ०७:४१