१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

सरकारी समस्या समाधानका लागि डाक्टर राउतको संयोजकत्वमा समिति गठन

२८ जेठ, काठमाडौं । सरकारले सहकारी समस्या समाधानका लागि डा. जय कान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको आज जानकारी दिइएको हो ।

विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाको काम सुरु गरेको छ । यसका लागि आयोगले केही दिनमै पूर्व उपाध्यक्षहरुसँग छलफल गर्नेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १३:२५