२ कार्तिक २०८१, शुक्रबार | Sat Oct 19 2024

देशको आर्थिक मन्दीको विषय अर्थमन्त्रीबाट ढाकछोप भयोः विष्णु पौडेल

२८ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक मन्दीको अवस्थालाई अर्थमन्त्रीले ढाकछोप गरेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसधामा राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा पूर्व अर्थमन्त्री एवं सांसद पौडेले आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गरेको आरोप लगाए ।

उनले भने,‘आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गर्नुभएको छ । त्यति मात्र होईन् प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रलाई सामान्यकरण गरिरहेको छ । सरकारले लिएको कदमले अर्थतन्त्र सुध्रिएको भ्रम छर्ने काम भएको छ ।’

उनले बजेटले मूलुकको अर्थतन्त्रका समस्यालाई चिन्न नसकेको टिप्पणी गरे । नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेको सांसद पौडेलको भनाइ थियो ।

उनले भने,‘ नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेको छ । मूलुकको अर्थतन्त्रका समस्यालाई चिन्न पनि सकेको छैन् । र, समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन् । ’ सांसद पौडेलले यो बजेटले सिदान्त र प्राथमिकता नीति तथा कार्यक्रमको बीचमा कुनै तागत नराखेको भन्दै बजेटले अर्थतन्त्रको चुनौतीलाई देख्न नसकेको बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १२:४८