१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

शिक्षक उत्पादनको कारखाना शिक्षा संकायको पढाइ बन्द गर्ने शिक्षामन्त्रीको संकेत

३ कात्तिक, महोत्तरी । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अब शिक्षा संकायको पढाइ नै रोक्नुपर्ने धारणा राखेका छन । महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षकको उत्पादन अधिक मात्रामा भएको भन्दै अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

उनले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको मन्त्री पोखरेलले बताए । उनले शिक्षक ‘शिक्षक’ जस्तै हुनुपर्ने भन्दै पुरानो शिक्षा पद्धति भत्काउनुपर्नेमा जोड दिए । ७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उनले शिक्षा संकायको पढाइमै त्रुटि रहेको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार १७:०१