१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

२८ जेठ, काठमाडाैं । नबिल बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी ल्यान्डमार्क होटेल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ। उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडाैं, चितवन तथा पोखराका होटेलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।हालसम्म नबिल बैंकले २५५ शाखामार्फत बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : June 11, 2023 at 10:58 am