९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

३५० रुपैयाँमा उन्नति सहकार्य लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२८ जेठ, काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर आज जेठ २८ गतेबाट बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। कम्पनीले बिक्रीमा ल्याएकाे साे सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य सर्वसाधारण जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले  बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० भागले संख्यामा खरिद आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले असार ३ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाडाैंकाे कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 11, 2023 at 9:57 am