१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

एचआईभी संक्रमित बालबालिकालाई प्रधानमन्त्री अोलीले लगाए दशैँको टिका

३ कातिक, काठमाडौँ । एचआईभी संक्रमित बालबालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टिका लगाइदिएका छन् । शिक्षा सदन कीर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई अोलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक टिका लगाइ दिएको प्रधानमन्त्री अोलीको सचिवालयले जनाएको छ ।

दशैँको टीका थाप्न बालुवाटार पुगेका विद्यार्थीहरूले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरुसँग जानकारी समेत लिएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार १६:३१