२ कार्तिक २०८१, शुक्रबार | Sat Oct 19 2024

राजस्व र व्ययमाथिको छलफलमा उठेको प्रश्नको अर्थमन्त्री महतले जवाफ दिदै

२६ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठकमा आज(शुक्रवार) पनि राजस्व र व्ययमाथिको छलफल जारी रहनेछ ।संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान ११ः३१ बजे शुरु हुने छ ।

सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिक गरेको थियो । सोहि बजेटको सन्दर्भमा राजस्व र व्ययमाथिको छलफलमा दुवै सदनमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै आएका छन् ।

आज पनि राष्ट्रिय सभाका सांसदहरुले आफ्नो धारणा राख्ने र सो माथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री प्रकाश शरण महतले दिने कार्यसूची तय भएको संसद सचिवालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ०९:१७