२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

विदेशमा रहेका नेपालीप्रति सरकार गैर जिम्मेवार बनेको सांसद कठायतको आरोप

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले, विदेशमा रहेका नेपालीप्रति सरकार गैर जिम्मेवार बनेको आरोप लगाएकी छिन् ।

बिहीबार प्रतिनीधिसभाको बैठकमा शुन्य समयमा उनले पोर्चुगलमा रहेका नेपालीहरुप्रति सरकारले आफ्नो दायित्व निर्वाह नगरेको गुनासो गर्दै उनले देशमा रोजगार नपायर बाध्यतावस विदेशिएका नेपालीहरुको आवाजलाई वेवास्ता नगर्न ध्यानाकर्षण गराइन् ।

‘मलाई पोर्चुगलमा बस्ने नेपालीहरुबाट नीकै नै प्रश्नहरु आएको छ । के हामी प्रति नेपाल सरकारको केही दायित्व छैन्। ? आफ्नो देशमा रोजगार नभएर हामी घर भन्दा धेरै टाढा आईपुयौं । तर हामीलाइै केही गारो सारो पर्दा नेपाल सरकार कतै पनि छैन् । सभामुखद्धारा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु । पोर्चुगलमा रहेका नेपालीहरुको अवाज सरकार सम्म पुगोस । ’

उनले पोर्चुगलबाट नेपालीहरुले आफुलाई गाह्राे पर्दा नेपाल सरकार छ भन्ने आभास नभएको गुनासो गरेको भन्दै सरकारले यो विषयलाई प्राथमिकतामा राख्न माग गरेकी छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १४:३९