२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

वर्तमान सरकारको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्तिः सांसद गुरुङ

२५ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारले ल्याएको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति भएको दावी गरेका छन् ।

विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै सांसद गुरुङले बजेट प्रगतिशील नभएको आरोप लगाए ।

उनले भने ‘ राज्यसत्ताको अधिकार प्राप्त सरकारले जोसंग आर्थिक अधिकार पनि छ । त्यसैले यो बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ । यो कुनै प्रोगेसिभ बजेट हैन् । यो समाजवादको यात्रा तय गर्ने खालको बजेट हैन् । यहाँ कुनै कर प्रणालीमा परिवर्तन भएको छैन् । भन्सार राजस्वमा आधारित अर्थतन्त्र निमार्ण गर्न खोजेर ,भन्सार राजस्वमा रमाउने सरकार कमिसनतन्त्रमा रमाउने व्यवसाय यस्तो अर्थतन्त्रले देशको विकासमा योगदान पुर्याउ सक्दैन् । ’

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १२:५५