२ कार्तिक २०८१, शुक्रबार | Sat Oct 19 2024

१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आयोः सांसद चौधरी

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको बताएका छन् ।

विहीबार प्रतिनिधिसभामा आगामीआर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद चौधरीले बजेटमा गरिएको व्यवस्थाले विकास कार्य द्रुतगतिमा अघि बढ्न सक्दैन् ।

उनले भने ‘ बजेटको बुँदानम्बर १९ मा अर्थमन्त्रीज्यूले साधारण खर्चमा वृद्धि हुँदै गएको र तलवभत्ता सामाजिक सुरक्षावित्तीय हस्तान्तरण प्रशासनिक खर्च लगायतका साधारण खर्च र बढ्दो क्रृण भुत्तानीको दायित्व व्यवस्थापन गर्न १२ खर्ब ८० अर्ब विनियोजन गर्नु परेको बताए । यो रकम कुल बजेटको ७३ प्रतिशत हुन आउछ । कुल बजेटको ठूलो हिस्सा यसरी छुट्याउन पर्दा विकास कार्यका लागि स्रोत व्यवस्थापनमा चाप परेको छ । ’

सांसद चौधरीले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्न तयार हुँदा यसले विकासको नियमितप्रक्रियालाई नै अवरुद्ध पार्ने बताए । उनले भने ‘ आगामी वर्षको बजेटमा चालु खर्चको अंश ६५ प्रतिशत पुँजी बजेटको अंश केवल १७ प्रतिशत रहेको छ । अर्थात हामी १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौं । यो भनेको सरासर देश आर्थिक विकासको द्रूतगतिमा बढ्न सक्दैन् भन्ने कुराको आत्म स्वीकार्यता हो । यो अवस्था धेरै वर्षदेखि बाटो विराएको हाम्रो राजनीति,अर्थनीति र कुटनीतिको उपज हो । ’

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १२:४६