१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

अर्थमन्त्रीलाई स्वर्णिमको प्रश्नः अपारदर्शी ढंगले करका दर हेरफेर गरिएको हो कि होइन ?

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णिम वाग्लेले अर्थमन्त्रीले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी करको दर हेरफेर गरेकोबारे प्रष्टिकरण दिनुपर्ने माग गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा सांसद वाग्लेले अर्थमन्त्रीलाई तीन प्रश्न गर्दै षड्यन्त्रपूर्वक रुपमा करको दायरा हेरफेर गर्न बाहिरी व्यक्तिलाई बजेट निर्माणमा प्रवेस गराएको भन्ने विषयमा उठेको प्रश्नको जवाफ मागे ।

उनले भने,‘यो वर्ष षड्यन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरि अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छकि छैन् ?(हार्मोनाइज्ड कोर्ड) एच्एस कोर्डको विज्ञ भनेर संलग्न गराईएका व्यक्तिलाई विधि र प्रकृया पुर्याएर सल्लाहकारिय भूमिकामा राखिएको हो कि हैन् ?’

उनले ३० वर्षसम्मको तीन करोड जनसंख्याको एच्एमकोर्डको दरहरु टाइप गर्न सक्ने जनशक्तिको आकार जम्मा एक वा दुई जनाबाट गराएको भन्दै त्यस प्रति प्रश्न उठाए।

उनले सिङ्गो भन्सार प्रणालीको संस्थागत सुधार गरेर वल्र्ड कस्टम्स अर्गनाइजेसन नामक अन्र्तराष्ट्रिय संस्थाकामानक, स्याण्डर्डस् र पद्धति अवलम्बन गर्न सक्ने व्यावसायीक कार्डर बनाउन यहि बर्षबाट अर्थमन्त्रीलाई इमान्दार पहल गर्न आग्रह समेत गरे ।

प्रकाशित मिति : June 6, 2023 at 3:10 pm