२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रधानमन्त्रीलाई एमाले सांसद बर्तौलाको प्रश्नः भूमी साटफेर गर्ने अधिकार कसले दियो ?

२२ जेठ, काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद महेश बर्तौलाले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरका छन् ।

सोमवार प्रतिनिधिसभाको बैठकमा उनले अन्तर्वार्ताको क्रमममा प्रधानमन्त्रीले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति राखेको भन्दै भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरेका हु्न् ।

उनले भने‘ उहाँले अन्तर्वार्ताको क्रमममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो । यो हाम्रो विषय होईन् यो हामीले भनेका होइनौं प्रधानमन्त्रीको मुखबाट आएको विषय हो । म प्रश्न गर्न चाहन्छु नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?’

उनले प्रधामनमन्त्रीले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको दाबी गरे । उनले भने ‘प्रधानमन्त्रीज्यूले रोष्ट्रममा उभिएर सिंगो देश र सदनलाई ढाँट्नुभयो, झूट बोल्नुभयो । उहाँले भनेकै विषयमा हामीले हिजैदेखि विषयवस्तु राखेका थियौं । ’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १५:३८