२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिबाट संविधानमाथि गम्भीर खेलवाड

२० जेठ, काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटीले राष्ट्रपतिद्धरा जारी गरिएको नागरिकता विधेयकको विरुद्धमा सडक वहस कार्यक्रम गरेको छ ।

शनिवार काठमाडौंको रत्नराज्य क्याम्पसमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईले नेपालको राष्ट्रियतामा प्रतिकुल प्रभाव पर्ने र विदेशी नागरिकले सहज ढङ्ले पाउँने प्रकृतिको विधेयक प्रमाणीकरण गरी अनैतिक कार्य गरेको भन्दै आक्रोश पोखेका छन् ।

उनले यस कार्य राष्ट्रियताको हिसाबले पनि गम्भीर र संविधानमाथिको खेलवाड भएको बताए । उनले भने,‘नेपालको राष्ट्रियतामा प्रतिकुल प्रभाव पर्ने नेपाली नागरिकले सहज ढङले नागरिकता पाउँने होईन कि विदेशी नागरिकले सहज ढङ्ले पाउँने प्रकृतिको विधेयक मस्यौदा गरेर तत्कालीन प्रतिनिधि सभाले राष्ट्रपति समक्ष प्रस्तुत गर्यो ।

राष्ट्रपतिले संविधानको धारा ११३ को तीन बमोजिम छलफल नगरि जस्ताको त्यस्तै प्रमाणीकरण गरे, यो संविधानको गम्भीर उल्लंघन हो । नैतिक हिसाबले यो अनैतिक कार्य हो ।’ उनले संसदलाई छलेर नागरिकता विधेयक फेरि गलत तरिकाले प्रमाणीकरण गर्ने काम भएको भन्दै यसले नेपालीको राष्ट्रियतामाथि गम्भीर आघात परेको टिप्पणी गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १९:४२