२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेले थप्याे १३ जना केन्द्रीय सदस्य (सूचीसहित)

१९ जेठ, काठमाडाैं । नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थपेको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।बैठकले  नेकपा एसबाट फर्किएका मुकुन्द न्याैपानेसहित १३ जनालाई केन्द्रिय सदस्य बनाएकाे हाे ।

एमालेले थपेको केन्द्रीय सदस्यहरूमा काठमाडौंका मुकुन्द न्यौपाने र सुरेन्द्र मानन्धर, कालिकोटका प्रेमबहादुर सिंह, दाङका भागवत विश्वासी, कास्कीका चूडामणि जंगली, भोजपुरका हेमराज राई, सुर्खेतका ठम्मर विष्ट, धनुषाका उमाशंकर अरगरिया, रौतहटका अजय गुप्ता,  बाराका इकवाल मियाँ, गुल्मीका गणेश खनाल, रसुवाका प्रेम तामाङ, चितवनका यामबहादुर परियार रहेका छन् ।

प्रकाशित मिति : June 2, 2023 at 7:02 pm