९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नयाँ कर नीतिप्रति पूँजी बजारका लगानीकर्ता असन्तुष्ट, थप आन्दोलनको घोषणा

१९ जेठ, काठमाडौं । नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ कर नीतिको पूँजी बजारका लगानीकर्ताले विरोध गरेका छन् । सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्वीकार्न नसकिने भन्दै आन्दोलन थालेका उनीहरुले आज माइतीघरमा विरोध प्रर्दशन गरेका छन् ।

विरोध कार्यक्रममा पूँजी बजार सुधारका अभियान्ता तिलक कोइरालाले सरकारले पूँजी बजार मारा नीति ल्याएको भन्दै चर्को आपत्ति जनाए । ‘हाम्रो बेहाल हुन्छ, अहिले पूँजी बजार मारा नीति ल्याएर पूँजी बजारलाई थला पारेर यो बजार वर्षौ उठ्दैन् ।’

अर्थमन्त्रीले सेयर मार्केटबारे दिएको अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि पोखे । ‘अर्थमन्त्रीले भनेको ९९ प्रतिशतको कुरा होईन्, यो १ सय प्रतिशतको कुरा हो ।’ उनले भने ‘पूँजी बजार जागिर खाए जस्तो होईन्, जागिरमा महिना मरेपछि पैसा आउँछ कर काटिन्छ, तर पूँजी बजार जोखिमको ठाँउ हो । यहाँ लगानि गरेर आम्दानी हुने होईन् गुमाउने सम्भावना छ । कमाउनको लागि यो स्थानमा धेरै काम गर्नुपर्छ । ’

सेयर बजारमा यसअघिको भन्दा थप एक रुपैयाँ पनि कर तिर्न नसकिने उनको तर्क छ । उनले भने ‘यस्तो स्थानमा हामीले काम गरिरहेका छौ, यस्तो स्थानमा सबैभन्दा चर्को कर लगाएर हामीलाई निरुत्साहित गरियो भने, हामी त भाग्छौ नै तर नयाँ आउने पनि कोही टिक्दैन् ।आईपीओ बिक्दैन् बजार खतम भएर जान्छ । सरकारले १ रुपैयाँ पनि कर उठाउन सक्दैन् यो स्थानबाट ।’

उनले पर्सी आइतबार अर्थमन्त्रीको घर घेराउ तथा कारोबार रोक्ने लगायतका आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १५:५४