५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

टेलिकमले ६३६ रुपैयाँमा ल्यायो अनलिमिटेड कल, ९ जीबी डाटा र एसएमएस

१९ जेठ, काठमाडाैं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफरअन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिनेछ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ।

त्यसैगरी यसअन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुनेछ। पहिले सो ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकताबमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ। यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन्।

सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्नेछ। यसका साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेन्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। यस अफरबाट ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीको रहेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १३:१६