१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

साफ च्याम्पियनसिपका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

१७ जेठ, काठमाडौं । भारतमा हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।१४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुने प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउने छन् ।

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । साफको उद्घाटन खेलमा नेपाल र आमन्त्रित टोली कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि नेपालले असार ९ गते आयोजक भारत र असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो भने भारत विजेता मुलुक हो ।

नेपालको प्रारम्भिक टोली

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन रहेका छन् ।

प्रकाशित मिति : May 31, 2023 at 12:27 pm