१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नयाँ कम्पनी दर्ता र पुँजी बृद्धि गर्दा शुल्क नलाग्ने

१५ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नयाँ कम्पनी दर्ता र पुँजी बृद्धि गर्दा शुल्क नलाग्ने घोषणा गरेका छन । सोमबार सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो घोषणा गरेका हुन ।

नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ। न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरिनेछ।

अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ। विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाइनेछ।

प्रकाशित मिति : May 29, 2023 at 6:16 pm