२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

देशलाई लुटेको हेरेर बस्न सकिँदैन्ः मन्त्री किराती

१५ जेठ, काठमाडौं । पर्यटन मन्त्री सुदन किरातीले, अशिक्षा र भ्रष्टचार सबै भन्दा ठुलो शत्रु भएको बताए । सोमवार राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० उद्घाटन समारोहमा उनले देश भक्त नेपालीहरु आगो भएको र देशलाई लुटेको टुलुटुलु हेर्न नसकिने बताए ।

‘हिजो हामी सुन्थ्यौं । ठुला माछाहरु छ नेपालमायी ठुला माछाहरु समाउन सकिएको छैन । भ्रष्टचारको कुरा उठ्यो भने खोल्साखाल्सिमा रमाउने गङगटा, भ्याकुता र छेपारो मात्र पक्रिन्छ । तपाईहरुको निरन्तर सडकको जनताहरुको घरघरबाट हातको मोबाईल मोबाइलबाट गरेको दवाव सिर्जनाले आज डल्फिनहरु पनि समाईएका छन्।

उनले भने ‘हामी आगो हौं । देशभक्ति नेपालीहरु आगो हौं । हामी बलेर, जलेर सकिन्छौं तर ढलेर सकिदैनौं । हाम्रो देशलाई लुटेको हामी टुलु हेर्न सक्दैनौं । अब हाम्रो एउटै शत्रु अशिक्षा र भ्रष्टचार हो ।’

उनले भ्रष्टचारको कुरा उठ्यो भने खोल्साखाल्सिमा रमाउने गङगटा, भ्याकुता र छेपारोलाई मात्र पक्रिएको बताए । त्यसैले गणतन्त्रको रक्षा र विकास गर्नको निम्ती हामी सबै अग्रसर भएर लाग्नु पर्ने उनको भनाई छ । उनले कला मनोरञ्जन नभएर हाम्रो जीवन समेत हो भने ।
नेपाली मन्दिर र घरका टुडाँलहरु कलाका उत्कृष्ट नमूना भएको भन्दै यिनीहरुको संरक्षण सबैको दायित्व भएको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १५:४५