सबै सरकारहरु जनताप्रति जवाफदेही भए मात्र देशलाई समृद्ध बनाउन सकिन्छः नेता थापा
३१ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापाले जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो नहुने भन्दै जनताको हितमा काम गर्न गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन । नेकपा प्युठानको सोमबार बिजुवारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता थापाले भने, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।” निर्बाचित जनप्रतिनिधिहरुले जनताको मन जित्ने गरि काम गर्न नसके एकता पनि बलियो नहुने धारणा राखे ।
उनले जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र नेकपा प्रति जनताको विश्वास बढ्ने पनि बताए । ‘पन्चायती शैलीमा गाउका सरकार चल्नुहुदैन’ युवा नेता थापाले भने’ समय र परिस्थीती फेरियो अब पात्र पनि फेरिनुपर्छ । स्थानीय तह देखि केन्द्र सरकारलाई जनताको पक्षमा काम गर्नुपर्नेमा युवा नेता थापाले जोड दिए” सबै सरकारहरु जनताप्रति जवाफदेही भए मात्र देशलाई समृद्ध बनाउन सकिने युवा नेता थापाले तर्क गरे ।
सोही प्रसङ्गमा नेता थापाले प्युठानको खेतीयोग्य जमिन मासिदै गएकोमा चिन्ता ब्यक्त गरे । प्युठानको खेतीयोग्य जमिन मासिदा यहाँको स्वाभिमान नै अब केही रहेन। उनले भने।झिमरुक फांटमा प्लटिङ र अव्यस्थित बसोबास रोक्न नसके गम्भीर समस्या हुने भन्दै यस विषयमा स्थानीय सरकार चनाखो हुनुपर्नेमा जोड दिए। जनतालाई सहभागी गराएर संमृध्द प्युठान बनाउन उनले जनप्रतिनिधीलाई सुझाव दिए ।
स्थानिय सरकारप्रति लक्षित गर्दै युवा नेता थापाले भने “अब समृद्धिको लागी अरुको मुख ताक्ने बेला होइन।” दीर्घकालीन कार्ययोजना बनाएर जबाफदेही सुशासन सहितको जनताले अनुभुती गर्ने गरि काम गरौं उनले भने । त्यस्तै विशेष अतिथि प्रदेश सभा संसद कृष्णध्वज खड्काले निर्वाचन पछि सबै एकै ठाउँमा जुटने मौका मिलेको भन्दै यसलाई शक्तिमा बदले मात्र जनताको काम गर्न सकिने बताए । उनले अब सबैले सुर ताल मिलाएर अगाडि बढे मात्र जनताको काम गर्न सकिने र जस्ले गर्दा देश बिकासमा टेवा पुग्ने धारणा राखे ।
प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार २१:५१