एसियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?
१५ जेठ, काठमाडाैं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे। बिक्रीमा राखिएको उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडाैंकाे मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र दररेटसहित आवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित नियमानुसार निवेदकको मागबमोजिम नामसारीका लागि सिफारिस अघि बढाइने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : May 29, 2023 at 12:29 pm









