२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

नेपाल लाइफद्वारा ६४ लाख २५ हजार दाबी भुक्तानी

१५ जेठ, काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ।

कैलालीको टीकापुर नपा–१ घर भएका बीमित नरबहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो। टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले रु. ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन्।

आफ्नो जीवनकालमा स्व. साउदले नेपाल लाइफ इन्स्योरेन्सको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते रु. ५० लाख बीमांक भएको जीवन बीमा योजना लिएका थिए। बीमांकबापतको रकमअन्तर्गत रु. ५० लाख र बोनसबापत रु. १४ लाख २५ हजार गरी जम्मा रु. ६४ लाख २५ इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ।

कागजात प्राप्त भएको पाँच दिनभित्र नै कम्पनीले भुक्तानी गरेको हो। दाबी प्रक्रियालाई चुस्तदुरुस्त र छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १२:०६