२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धि निर्देशन समिति पनि होस्ः सांसद पौडेल

१४ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद डा.विकमला राई पौडेलले संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने व्यवस्था गर्न सुझाव गरेकी छिन् ।

आइतवार संघीय संसदको संयुक्त बैठकमा पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिकार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदैं सांसद पौडेलले यस्तो सुझाव दिएकी हुन् ।

उनले लैङिगक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धि कानुन संरचना, निमार्ण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा छुट्टै संयुक्त समिति रहनु पर्ने भन्दै यसको व्यवस्थाको लागि सुझाव दिएकी हुन् ।

उनले भनिन्, ‘ संविधानको भावनाअनुरुप राज्यका सबै निकाय र तहमा लैङिगक समानता सुनिश्चित गर्ने तथा लैङिगक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धी कानुन संरचना निमार्ण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा आवश्यक निर्देशन गर्न, विशेष छलफल गरी समान धारणा बनाउन र सम्बन्धित निकायका काम कारवाहीलाई संयुक्त रुपमा अनुगमन गर्न गराउन एक छुट्टै संयुक्त समिति लैङिगक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने छ भनेर यस्तो खालको व्यवस्था गरौ भनेर मेरो संशोधनको लागि सुझाव हो ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १३:३५