२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भारतलाई नागरिकता विधेयकको सरप्राइज दिने प्रचण्डको तयारी, यस्तो छ मन्त्रिपरिषद्को निर्णय

१२ जेठ, काठमाडौँ । भारत भ्रमणमा जानुअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक टुंगोमा पुर्याउने तयारी गरेका छन । उनले भारतलाई नागरिकता विधेयकको सरप्राइज दिने गरी तयारी थालेका छन । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न प्रश्न गर्दै अस्वीकार गरेको विधेयकै जारी गरिदिन भन्दै सरकारले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।

यही जेठ १७ देखि हुने भनिएको प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको एक मन्त्रीले दैनिकीलाई जानकारी दिए ।

राष्ट्रपति हुनुअघि र भएपछि पनि नागरिकता विधेयक पारित गर्ने बताउँदै कानुनी परामर्शमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल मन्त्रिपरिषद्को आग्रह के गर्छन भन्ने प्रतिक्षाको विषय बनेको छ । नयाँ संसद आइसकेका कारण पुरानो संसदको सबै गतिबिधि हस्तान्तरण नहुने कानुनी प्रावधान रहेका कारण केही गरी राष्ट्रपति पौडेलले विधेयक जारी गरेमा मुद्दा परेर उक्त विषय फेरि सर्वोच्च अदालतमा पुग्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

प्रकाशित मिति : May 26, 2023 at 8:10 pm