१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने

३१ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले वडादशैंको अवसरमा सर्वसाधारणलाई पनि टीका लगाइदिने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार अोलीले पाँचदिनसम्म सर्वसाधरणलार्इ टीका लगाइदिनेछन । अोलीले टिकाको दिन दिउँसो साढेँ ३ बजेदेखि ५ बजेसम्म र  असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिने गरी तालिका तय भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्रीले टीका लगाइदिनेछन् । दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार १५:३२