१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

कांग्रेस नेता एवं गुण्डा नाइके गणेश लामा जेलमुक्त, कार्यकर्ता र समर्थकले गरे भव्य स्वागत

३१ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं गुण्डा नाइके गणेश लामा जेलमुक्त भएका छन । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर लामा सोमबार राति छुटेका हुन । लामालार्इ गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई  पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो । पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फाइल फोटो ।

डिल्लीबजार कारागारमा सँगै रहेका अर्का गुन्डा नाइके दिपक मनाङेले लामालाई माला लगाइदिएर विदाइ गरेका थिए ।  लामा छुट्ने वेलामा उनले भावुक बन्दै फुलमाला लगाइदिएका थिए । कारागारबाट निस्किएलगत्तै बाहिर उनका समर्थक र कांग्रेस कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार १५:१६