२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संसदमा मन्त्री नदेखिएपछि एमाले सांसद बर्तौलाले जनाए नियमापत्ति

१० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसदमा मन्त्री विना छलफल प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै नियमापति जनाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बैठकको नियम ६ को ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने छ भनिए पनि मन्त्रीको उपस्थिति नदेखिएको भन्दै नियमापति जनाएका हुन् ।

उनले भने, बैठकको काम प्रक्रिया अगाडि बढाउँदा हाम्रो नियामावलीमा व्यवस्था गरिएको छ, नियम ६ को ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने छ भनिएको छ ।मन्त्री नदेखिएको हुदाँ यो बैठक अगाडि जाने कुरा, छलफल प्रक्रिया अगाडि बढ्ने कुरा हुन सक्छ कि सक्दैन् नियमापति छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १३:०२