२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

भारत भ्रमणको दौरानमा दुई देशबीचको समस्या समाधानमा कुरा हुन्छः प्रधानमन्त्री प्रचण्ड

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको दौरानमा भारतीय समकक्षीसंग दुई देशबीचको समस्या समाधानका लागि ठोस् कुरा हुने बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेको सवालको राष्ट्रिय सभामा जवाफ दिदैं प्रधानमन्त्री दाहालले भ्रमणको दौरानमा नेपाल भारत सम्बन्धमा रहेका समस्याको समाधानको कुरा पनि हुने बताए ।

उनले भने ‘ भारतीय प्रधानमन्त्रीसंग प्रधानमन्त्रीको लेवलमा कुराकानी हुन्छ । र, हामीले राष्ट्रिय हितसंग सम्बन्धित विषयलाई प्रष्टसंग नेपाल भारत सम्बन्धमा रहेका समस्या समाधानको कुरा पनि गर्छौ । यो पटक भारत भ्रमणमा मल कारखाना स्थापना गर्ने विषयमा पनि ठोस कुरा गर्दै छौं । ’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:२२