१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

माधव नेपालकै बाटोमा झलनाथ खनाल, दशैँको शुभकामना भन्दा बढी सरकारको अालोचना

३० असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल पनि वरिष्ठ नेता माधवकुमार नेपालकै लाइनमा पुगेका छन । केहीदिन अघिसम्म पार्टीका नेताले ठीक ठाउँमा ठीक विषय उठान गर्नुपर्ने बताउँदै अाएका खनाल मंगलबार भने दशैँको शुभकामना दिन गएको कार्यक्रममा पनि सरकारको अालोचनामा रमाए ।

उनले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै अाक्रोशपूर्ण टिप्पणी गरे । शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको दाबी गरे ।

फाइल फोटो ।

उनले महंगी नियन्त्रणमा ठोस् काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश प्रवाह भएको जिकिर गरे । नेता खनालले सिमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने बताए।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार २०:५७