६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

कांग्रेस सांसद आरजु र मञ्जुलाई अनुसन्धानको दायरामा नल्याएकोमा एमालेको आपत्ति


९ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिकामा मानवतस्करी गर्न लागि काम गरिरहेको गिरोहको अनुसन्धानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसदद्धय डा आरजु राणा देउवा र मञ्जु खाँणलाई अनुसन्धानको दायरामा नल्याएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जालमा एक टिप्पणी राख्दै अनुसन्धान पक्रिया निष्पक्ष हुन नसकेको बताएका छन ।

उनले पीडितहरूले नाम लिएका डा आरजु राणा देउवा र मञ्जु खाँणलाई अनुसन्धानको दायरामा ल्याउने विषय सुरूदेखि नै शंका गरिएको र अन्त्यमा प्रतिवेदन तयार पर्दा त्यस्तै भएको बताएका छन । महासचिव पोखरेलले गम्भीर अपराधको विषयमा भएको यस्तो कमजोरीको जति आलोचना गरेपनि कम हुने बताएका छन ।

उनले भनेका छन, ‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसंगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो(भिडियो सामाजिक संजालमा छताछुल्लहुदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयारगरी सरकारी वकिलको कार्यालयमा वुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ । यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०९:४०