१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

८ जेठ, काठमाडौं । स्वाबलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । संस्थाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दा १२ लाख ९० हजार ४९६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको हो। नेप्सेको आजको निर्णयबाट परिमार्जित संस्थापक सेयर अब सर्वसाधारण समूहबाट कारोबारमा आउने जनाएको छ।

यसअघि संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो । संस्थाले सेयर स्वामित्वमा परिमार्जन गर्दै हाल संस्थापक समूह ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गरेको छ।

सेयर स्वामित्व परिमार्जनका लागि संस्थाले १० प्रतिशत संस्थापक समूहको सेयर सर्वसाधारणमा परिणत गरेको छ। नेप्सेमा लघुवित्तको कुल १ करोड २९ लाख ४ हजार ९५५ कित्ता सूचीकृत रहेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १७:०३