१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

किन्ने हाेइन त ? ३०६ रुपैयाँमा डिप्रोक्स लघुवित्तको सेयर बिक्रीमा

७ जेठ, काठमाडाैं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनी डिप्रोक्स नेपाल (विकास आयोजना सेवा केन्द्र)को नाममा रहेको १ लाख १९ हजार कित्ता सेयर बिक्रीमा  ल्याएकाे हाे । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०६ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएकाे साे सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाडाैंकाे सीतापाइलामा रहेको संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिन सक्नेछन्।

तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : May 21, 2023 at 4:03 pm