२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

ओलीकाे प्रश्नः तथाकथित ओम्नीकाण्ड छानबिन गर्न कसले रोक्यो ?

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओम्नी काण्डलाई तथाकथित भन्दै छानबिन गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले भ्रष्टाचार, अनियमितता छानविनमा इच्छा शक्तिन देखाएको बताए। अध्यक्ष ओलीले भने ‘एकपल्ट इच्छाशक्ति देखाऊँ, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछन् भन्ने विश्वास नेपाली जनतामा स्थापित गरौं ।तर, यो सरकारले कहाँसम्म भने, प्रस्तावित नीतिका १८८ बुँदामा सरकारी जग्गा अतिक्रमण गर्नेमाथि छानिबन गर्ने विषय समावेश गर्नसम्म सकेको छैन। सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर, बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबीखोला जग्गा काण्ड, तथाकथित ओम्नीखरिद् काण्ड, वाइडबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरण लगायतका विषय, जो विवादित छन्, त्यसमा अनुसन्धान र मुद्दा दायर गर्ने काम यथाशीघ्र गरिने छ भनेर भन्न यो सरकारलाई कसले रोक्यो?’

अध्यक्ष ओलीले सरकारले सरकारी जग्गा अतिक्रमणकारी उपरको अनुसन्धान मुद्दा दायर गर्ने कानुनलाई रोक्न चाहेको पनि आरोप लगाए। कतै प्रधानमन्त्री पुष्पकमल दाहालले यसैका लागि गठबन्धन फेरेको त होइन भनेर प्रश्न पनि गरे।

प्रकाशित मिति : May 21, 2023 at 3:04 pm