२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सरकारको नीति तथा कार्यक्रम उद्देश्य र गन्तव्यबिहीनः अध्यक्ष ओली

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उद्देश्य र गन्तव्यविहीन भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै कार्यक्रममा कसरी अघि बढ्ने भन्ने मार्गचित्र नै नभएको बताए ।

उनले भने ‘ नीति तथा कार्यक्रमको उदेश्य र गन्तव्य छैन् । कसरी जाने मार्गचित्र छैन् । सर्वत्र शून्य नीतिको अवस्था छ । अहिलेको सरकारको नीति के हो भने शून्य नीति हो । यस्तो नीति तथा कार्यक्रमले देशलाई स्थायीत्व दिन सक्दैन् । राष्ट्रलाई अग्रगमनको बाटोमा लान सक्दैन् । देश र जनताले भोगिरहेका समस्यालाई समाधान गर्न सक्दैन् । ’

अध्यक्ष ओलीले देशको वास्तविक अवस्थाबारे सदन र नेपाली जनतालाई जानकारी गराउन नसक्नु सरकारको लजास्पद काम भएको आरोप पनि लगाए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १३:०९