नेप्सेमा एक कम्पनीकाे सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
४ जेठ,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीकाे सेयर सूचीकृत भएको छ । नेप्सेमा साबिकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर भएपछि दुवै कम्पनीको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा आज सेयर सूचीकृत भएको हाे ।
यी दुई इन्स्योरेन्स बीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीलाई प्रतिकित्ता ३९१.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।
प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १६:२५