१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्सलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

४ जेठ, काठमाडाैं । डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्ने कार्यलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले  बुधबार पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।

यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो। गत चैत १३ गते दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो।

डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार सुरु गर्ने दुवै लघुवित्तबीच सहमति भएको छ।

प्रकाशित मिति : May 18, 2023 at 12:34 pm