१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एक लघुवित्तको २० प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा, तपाईंको आयो त ?

४ जेठ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्थाले बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेकाे छ । याे लघुवित्तले आर्थिक वर्ष २०७८/७९का लागि वितरणको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेकाे हाे ।

कम्पनीको चैत ११ गते सम्पन्न छैंटौं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर सेयरधनीहरूकाे सम्बन्धित डिम्याट खातामा जम्मा भएकाे हाे ।

लघुवित्तले बुकक्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा वैशाख २ गतेदेखि उक्त बोनस सेयर जम्मा गरेको बताएको छ । साथै, कम्पनीले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १०:३१