मौद्रिक नीतिको समीक्षाले पोलिसि रेट घटाउँन सकेनः अर्थमन्त्री महत
२ जेठ, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षाले पोलिसी रेट घट्ला भन्ने अपेक्षा आफूले गरेको भए पनि त्यो पूरा नभएकाे बताएका छन् ।
मंगलबार काठमाडाैंमा आयोजित ‘दि नेशनल बैकिङ डिस्कोर्ष २०२३’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले केही प्राविधिक कारणले हुन नसकेको बताए । ‘मौद्रिक नीतिले पोलिसि रेट घट्छ भन्ने आशा गरिएको थियो । तर केही प्राविधिक कारणबस हुन सकेनछ,’ उनले भने ।
अर्थमन्त्री महतले अहिले बैंकिङ क्षेत्र स्वस्थ्य रहेको पनि बताए । केही समस्या भए राष्ट्र बैंकले हेर्ने उनको भनाइ छ । अहिले लघुवित्तमा देखिएको जोखिम कम गराउँदै जान आवश्यक रहेको भन्दै सहकारीमा पनि नियमन बढाउन आवश्यक रहेको अर्थमन्त्री महतको भनाइ थियो ।
प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १७:३५