शैक्षिक जनशक्तिको अावश्यकता अध्ययन गर्न शिक्षामन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन
२८ असोज, काठमाडाैँ । सरकारले शैक्षिक जनशक्तिको अध्ययन गर्ने भएको छ । सरकारले शैक्षिक जनशक्तिको अध्ययन र विश्लेषणका लागि एउटा शक्तिशाली निर्देशक समिति समेत गठन गरेको छ । अाइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गरेको हो ।
समितिले नेपालको हालको शैक्षिक जनशक्तिको अवस्थाको अध्ययन गरी आगामी दिनमा कस्ता जनशक्ति आवश्यक पर्छन् भन्ने विषयमा विस्तृत अध्ययन गरी सुझाव दिनेछ । उक्त समितिले नेपालको इन्जिनियरिङ, चिकित्सा, वाणिज्यलगायत कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति रहेको छ र देशलाई कस्ता जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा विस्तृत सुझाव दिने बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
समितिले ६ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको शिक्षालार्इ प्रविधि र शिपयुक्त बनाउनुपर्नेमा पछिल्लो पटक विशेष जोड दिँदै अाएका छन । प्रधानमन्त्रीकै इच्छा अनुसार निर्देशक समिति गठन भएको बुझिएको छ ।
प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार १९:३०