बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो
१ जेठ, काठमाडाैं । नेपालीलाई नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालय लगिएको छ। उनलाई बयानका लागि सोमबार बिहान सरकारी वकिल कार्यालय बबरमहल लगिएको हो। खाँणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो। खाँणलाई अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ।
प्रकाशित मिति : May 15, 2023 at 11:24 am










