नेप्सेमा एक कम्पनीकाे सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?
३१ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको हाे ।
साविकको सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभ्ने / गाभिने गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको २ करोड ६२ लाख २६ हजार ३८१.९६ कित्ता सेयर सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी बैशाख ३१ गते को निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेले मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ५९९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब भाेलि साेमबारबाट साेही मूल्यकाे आधारमा कम्पनीको सेयर कारोबारमा आउनेछ।
प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १५:४३