२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौता

३१ वैशाख, काठमाडाैं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ। वैशाख ३० गते शनिबार यी दुवै लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले गत चैत २ गते नै यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरिसकेकाे छ। दुवै लघुवित्तको वार्षिक साधारणसभाले पनि मर्जर प्रक्रिया स्वीकृति गरेसँगै अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुँदैछन्।

प्रकाशित मिति : May 14, 2023 at 11:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/