२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

३१ वैशाख, काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको भन्दै उनिविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तथा पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार ११:४९