२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भुटानी शरणार्थी प्रकरणबारे ओलीले भनेः जो सुकै होस, भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ

२८ वैशाख, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी जोडिएको प्रसंग जोड्दै जो सुकै भएपनि कारबाही हुनु पर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटि बैठक उद्घाटनमा अध्यक्ष ओलीले भ्रष्टचारमा जोडिएको जो कोही विरुद्ध कडा कानूनी कारबाही हुनु पर्ने बताए । उनले भने,‘अहिले नक्कली भुटानी शरणार्थीमा भएको भ्रष्टचार सतहमा आएको छ । यसमा कतिपय हाम्रै पार्टीका जिम्मेवार नेता जोडिएका छन् । यस्ता भ्रष्टचारमा जो सुकै जोडिएर आउन् । उनीहरु विरुद्ध कडा कारबाही हुनुपर्छ ।’

बैठक उद्घाटनमा अध्यक्ष ओलीले भ्रष्टचार मुलुक व्यापी रहेको र छोप्नै नसकिने अवस्था सिर्जना भएपछि मात्रै भुटानी शरणार्थी प्रकरण सतहमा आएको बताए । उनले भने,‘भ्रष्टचारले मुलुकलाई आक्रन्त पारेको छ । भ्रष्टचार मुलुकव्यापी छ । त्यसलाई उजार गर्ने भन्दा पनि ढाकछोप गर्ने प्रयास हुँदै आएको छ । भुटानी शरणार्थी प्रकरणमा पनि ढाकछोपको प्रयास गरिए । धान्नै नसक्ने अवस्था सिर्जन भएपछि मात्रै यो केस सतहमा आयो ।’

कसैलाई फसाउने नियतले घटनामा जबरजस्ति तान्ने कोशिश भए त्यसको एमालले प्रतिरोध गर्ने अध्यक्ष ओलीले बताए । घटना अनुसन्धानकै चरणमा रहेको हुँदाअहिले नै कसैलाई अपराधि करार गर्नु नहुने उनको भनाई छ । अध्यक्ष ओलीले संस्थागत भ्रष्टचारका कारण राष्ट्रको ढुकुटी दोहन भइरहेका भन्दै ओलीले त्यसको विरोध गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १३:२२